अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा एक हजार रूपैयाँसम्म जित्न सकिने छ । ‘एप एक क्यु आर अनेक’ भन्ने मूल नारा का साथ सार्वजनिक भएको उक्त योजना मार्फत जित्न सकिने भएको हो ।
उक्त योजना १६ भाद्र देखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।
प्रतिक्रिया