भोलीबाट एनएमबि सरल बचत फण्ड इको १० करोड इकाई निष्कासन हुने

५ बर्ष अगाडि

काठमाडौं - एनएमबि क्यापिटलले भोलीदेखि एनएमबि सरल बचत फण्ड इको १० करोड इकाई निष्कासन गर्ने भएको छ । 

क्यापिटलले पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई  निष्कासन गर्ने जानकारी दिएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ ।

बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाई बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ । 

सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिनेछ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया