काठमाडौं - भारतमा एकैदिन करिब ४२ हजार कोरोना भाइरस संक्रमित थपिएका छन् । ५ दिनसम्म लगातार ४० हजारभन्दा बढी संक्रमित पहिचान भएर हिजो करिब ३१ हजारमा संक्रमण देखिएको थियो ।
आज फेरि संक्रमितको संख्या एकैदिन १० हजारले बढेर करिब ४१ हजार ९६५ मा संक्रमण देखिएको हो । थपिने संक्रमित मध्ये ३० हजार २०३ जना केरलामा रहेका छन् ।
यस्तै, ३३ हजार ९६४ जना संक्रमण मुक्त भएसँगै भारतभर हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७८ हजार १८१ पुगेको छ ।
संक्रमणका कारण थप ४६० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण भारतमा ४ लाख ३९ हजार २० जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया