काठमाडौं, नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रू। २ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा २६.३९ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष विद्युत विक्री आम्दानी २९.८८ प्रतिशत घटेको छ । अघिल्लो वर्ष रू. १० करोड ४२ लाख ५० हजार बराबरको विद्युत विक्री गरेको कम्पनीले गत वर्ष रू. ७ करोड ३० लाख ९८ हजार बराबरको विद्युत विक्री गरेको हो । विद्युत विक्री लागत अघिल्लो वर्षभन्दा १ दशमलव ६९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. १ करोड ४२ लाखभन्दा बढी विद्युत विक्री लागत रहेकोमा गत वर्ष रू. १ करोड ४४ लाखभन्दा बढी रहेको छ ।
विद्युत विक्री आम्दानी घटेसँगै कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा २०.२५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ८ करोड ९७ लाख ३२ हजार रहेको सञ्चालन नाफा गत वर्ष रू. ७ करोड १५ लाख ६० हजार रहेको छ ।
१५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २९ करोड ९० लाख पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. २ करोड ९२ लाख ९६ हजार रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ७.०४ र प्रतिशेयर नेटवर्थ रू. १०९.८० रहेको छ ।
प्रतिक्रिया