काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जर तथा प्राप्ती सम्बन्धी सम्झौत सम्पन्न भएको छ ।
मंगलबार दुई संस्थाबीच काठमाडौंमा गाभ्नेरगाभिने सम्झौतामा हस्ताक्षर भएको सहमति अनुसार संयुक्त मर्जर कमिटी गठन गरी आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको छ ।
सम्झौता अनुसारदुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन ९डिडिए० अनुसार स्वाप रेसियो तय हुनेछ भने एकीकृत संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहने भएको छ ।
मंगलबार मर्जर सम्झौता भएसँगै नेपाल स्टक एक्सचेन्जले बुधबारदेखि दुबै संस्थाको नेप्सेमा शेयर कारोबार रोक्का गरेको छ ।
प्रतिक्रिया