मेरो माइक्रोफाइनान्सको ५ लाख ८३ हजार बढि कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

संस्थाले ५ लाख ८३ हजार ५ सय ९८ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आजसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ५ सय ८० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया