दोर्दी खोला जलविद्युतको साधारण सभा असोज ६ गते, के के छन् एजेन्डा ?

५ बर्ष अगाडि

काठमाडौं, दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा असोज ६ गते हुने भएको छ ।

सभा बिहान ११ बजे  कम्पनीको  कार्यालय त्रिपुरेश्वरमा हुनेछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ  ।

साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परि मार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पनि पारित गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया