तीन करोड ६३ लाख बढी निक्षेप खाता,१६ लाख ८२ हजार बढी लिए ऋण

५ बर्ष अगाडि

काठमाडौं, देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पु¥याएका छन् । धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । 

केन्द्रीय बैंकका अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा संख्या पाँच हजार ९७८ पुगेको छ । प्रतिवेदनअनुसार निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । 

२०७७ जेठ मसान्तसम्म तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएका छन् । तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तसम्म कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको अध्ययनमा देखिएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति एक हजार ३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति एक हजार ८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता छन् । महानगरमा प्रतिहजार व्यक्ति तीन हजार २९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता छन् ।

प्रति एक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंकका शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ मा ९.७३ प्रतिशत छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत छ ।

विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन गरिएको जनाएको छ । वित्तीय साक्षरताको प्रवद्र्धन, शाखा विस्तार, शाखा रहित बैंकिङ भुक्तानी प्रणालीको आधुनिकीकरणलगायतका कारणले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा दिने नागरिकको संख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया