काठमाडौं, गरिमा विकास बैंक लिमिटेडको विशेष साधारण सभा आज (मंगलबार) हुने भएको छ । सभा बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिले निर्धारण गरेको १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।
बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । त्यसैले, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया