काठमाडौं - वाणिज्य बैंकको आधार दर (बेस रेट) घटेको छ । अघिल्लो आर्थिक वर्ष ९२०७६र७७० को असार मसान्तको तुलनामा गत आर्थिक वर्ष २०७७र७८ मा वाणिज्य बैंकहरुको बेस रेट घटेको हो । हाल देशभर २७ वाणिज्य बैंक रहेका छन् ।
बैंकहरुले बेस रेटमा केही प्रतिशत प्रिमियम जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
२७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबैभन्दा थोरै रहेको छ । यस बैंकको आधार दर ०.३९ प्रतिशतले घटेर ५.४१ प्रतिशतमा पुगेको छ । स्ट्यान्र्ड चाटर्ड, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल र एभरेष्ट बैंकको आधार दर पनि ६ प्रतिशत भन्दा कम छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै आधारदर घट्नेमा सनराइज बैंक रहेको छ । यसको आधार दर २.२५ प्रतिशतले घटेर ६.७० प्रतिशतमा आएको छ । सबैभन्दा धेरै आधार दर कुमारी बैंकको रहेको छ । यसको आधार दर २.१८ प्रतिशतले घटेर ७.९० प्रतिशत रहेको छ ।
कुन बैंकको बेस रेट कति ?
प्रतिक्रिया