एक वर्षमा बैंक तथा वित्तिय संस्थाका ९१८ नयाँ शाखा विस्तार, कुनको संख्या कति ?

५ बर्ष अगाडि

काठमाडौं, गत आर्थिक वषको असार मसान्त सम्ममा देशभर बैंक तथा वित्तिय संस्थाका ९ सय १८ नयाँ शाखा विस्तार भएका छन् । अघिल्लो वर्ष २०७७ असार मसान्त सम्म ९ हजार ७६५ वटा बैक तथा वित्तिय संस्थाका शाखा कार्यालय रहेकोमा २०७८ को सोही अवधीसम्म १० हजार ६८३ पुगेको छ । केन्द्रिय बैंकले केही दिन यता सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

हाल देशभर २७ वटा वाणिज्य बैंक रहेका छन् जसको गत आवको असार मसान्त सम्म आइपुग्दाँ ४ हजार ७५३ वटा नयाँ शाखा विस्तार भएका छन् । अघिल्लो वर्षको सोही अवधीसम्म देशभर वाणिज्य बैंकका ४ हजार ४३६ शाखा कार्यालय रहेका थिए ।

यसैगरी, देशभर रहेका १८ विकास बैंकका १ हजार २३ वटा शाखा कार्यालय छन् । २०७७ सालको असार मसान्तसम्म विकास बैंकका १ हजार २९ वटा शाखा कार्यालय रहेका थिए ।

देशभर रहेका १७ वित्त कम्पनीको शाखा अघिल्लो वर्षको तुलनामा कम रहेका छन् । अघिल्लो वर्षको असार मसान्त सम्ममा २ सय ४३ शाखा कार्यालय रहेकोमा २०७८ को असार मसान्तसम्म आउँदा घटेर २ सय २२ पुगेको छ ।

यस्तै, कुल ७० वटा लघुवित्त वित्तिय संस्थाकका ४ हजार ६८५ वटा शाखा रहेका छन् । अघिल्लो वर्षको सोही अवधीसम्म उक्त वित्तिय संस्थाका ४ हजार ५७ वटा शाखा कार्यालय रहेका थिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया