काठमाडौं - लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले २०७८ साल साउन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
साउन मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १३ रुपैयाँ २२ पैसामा झरेको छ । उक्त मूल्य असार मसान्तको तुलनामा २ रुपैयाँ ५९ पैसाले घटेको हो । असार मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ८१ पैसा रहेको थियो ।
यस्तै साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी पनि ९३ करोड २ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । उक्त लगानी ११ करोड ४० लाख ३१ हजार रुपैयाँले थोरै हो । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ४ करोड ४२ लाख ३४ हजार रूपैयाँ लगानी गरेको थियो ।
फण्डले विभिन्न प्रकारका ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ ।
प्रतिक्रिया