काठमाडौं, गरिमा विकास बैंकको साधारण सभा भोलि (मंगलवार) हुने भएको छ ।
सभा बिहान १० बजे कम्पनीको प्रधान कार्यालय लाजिम्पाटमा हुनेछ । कम्पनीले सभाबाट सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । प्राप्तिपछि गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ ।
गरिमा विकास बैंकले सहारा विकास बैंकलाई १ः१ अनुपातमा प्राप्ति गर्न लागेको हो ।
सहारा विकास बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ ।
उक्त साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ ९ गते बन्द भएको छ । यस आधारमा भदौ ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया