नेपाल फाइनान्सको बुक क्लोज कहिले ?, हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै

५ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले साधारण सभा प्रयोजनको लागि भोली एक दिन बुक क्लोज गर्ने भएको छ । 

कम्पनीले भदौ २६ गते हुने २८ औं वार्षिक साधारण सभाका लागि मंगलवार बुक क्लोज गर्ने भएको हो । कम्पनीले आज सम्म नेप्सेमा कारोबार भई भदौ १८ गते ५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा प्राप्त शेयर नामसारी लिखतको आाधारमा कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्ने जानकारी दिएको छ । 

कम्पनीले सभा बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट हुने बताएको छ । सभाले कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १स्१।७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएकोमा ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्तापूँजीको १:०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया