लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर शेयरधनीहरूको खातामा, कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर आफ्ना शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीको जेठ २८ गते सोमबार सम्पन्न भएको सोह्रौँ वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस सेयर जेठ १३ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ । 

त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया