नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्स बिच सम्झौता

५ बर्ष अगाडि

काठमाडौं, नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । 

यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत  लेटर अफ क्रेडट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट,लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । 

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठबिच उक्त सम्झौता आदानप्रदान भएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया