काठमाडौं - सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डको साउन मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ १४ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तको तुलनामा ५९ पैसाले बढेको हो ।
कम्पनीले सार्वजनिक गरेको २०७८ साल साउन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणले यस्तो देखाएको हो । असार मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ५५ पैसा रहेको थियो ।
त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ५४ करोड ७ लाख ८९ हजार रूपैयाँ पुगेको छ । उक्त लगानी असार मसान्तको तुलनामा ३ करोड ७७ लाख रूपैयाँले धेरै हो । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५० करोड ३० लाख ७ हजार रूपैयाँ लगानी गरेको थियो ।
त्यस्तै, सानिमा लार्ज क्याप फन्डले विभिन्न प्रकारका ४१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस अवधिसम्म फण्डको बैंक मौज्दात ६४ करोड ११ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्म फण्डको बैंक मौज्दात ५३ करोड ७२ लाख रूपैयाँ रहेको थियो ।
प्रतिक्रिया