जोशी हाइड्रोपावर साढे ३५ लाख बढी नोक्सानीमा,प्रतिशेयर आम्दानी रु.०.९५ ऋणात्मक हुदाँ अन्य अवस्था कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं, जोशी हाइड्रोपावरको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ३५ लाख ७१ हजारभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी १ करोड ८४ लाख ५६ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष नोक्सानी घटाएको हो ।    

.अघिल्लो वर्ष  १ करोड ६४ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष रू.३ करोड ६३ लाखभन्दा बढी यो आम्दानी गरेको छ । अघिल्लो वर्ष  ७१ लाख ६४ हजार रुपैयाँभन्दा बढी आयोजना लागत रहेकोमा गत वर्ष  ३१ लाख ३९ हजार रुपैयाँमात्र आयोजना लागत रहेको छ ।  

अघिल्लो वर्ष ७१ लाख ४७ हजार रुपैयाँभन्दा बढी सञ्चालक नाफा गरेको कम्पनीले गत वर्ष ३ करोड ८ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । सञ्चालन नाफा बृद्धि भएसँगै कम्पनीको खुद नोक्सानी घटेको हो ।    

हाल कम्पनीको चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ५ करोड ७३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८४.५७ र प्रतिशेयर आम्दानी रू.०.९५ ऋणात्मक रहेको छ ।   

५ बर्ष अगाडि

प्रतिक्रिया