लक्ष्मी लघुवित्तद्धारा पुरानो लाभांश लिन सेयरधनीलाई अनुरोध

५ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरिएको हो ।

सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नारायणचौर, नयाँ बानेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया