काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेबाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री गर्ने भएको छ । संस्थाले १८ हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
संस्थाको सेयर बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, हात्तिसार, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया