इन्भेष्टर्स फोरमको साधारण सभा सम्पन्न, ढकालको नेतृत्वमा नयाँ कार्य समिति चयन

५ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टर्स फोरमको चार आर्थिक वर्षको साधारण सभा सम्पन्न भएको छ । शनिबार भर्चुअल माध्यमबाट तेह्रौँ, चौधौँ, पान्ध्रौँ र सोह्रौँ वार्षिक साधरण सभा सम्पन्न भएको हो ।

विविध करण र कोरोनाका कारण साधारण सभा सम्पन्न गर्न नसकिएको जनाउदै फोरमले चार आर्थिक वर्षको एकै पटक सम्पन्न गरेको जनाएको छ । सभाले फोरमको अध्यक्षमा तुलसीराम ढकाललाई चयन गरेको छ । ढकाल नेतृत्व कार्य समितिमा प्रथम उपाध्यक्ष राजन लम्साल, अर्का उपाध्यक्षमा अञ्जिव तुलाधार चयन भएका छन् ।

यस्तै महासचिवमा दुर्गा तिवारी, सचिव मा विश्वेश्वर सुबेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ, सिर्जना सुबेदी रहेका छन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया