काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमाबारे स्पष्ट पारेका छन् ।
सेयरबजारमा लगानी गर्नका लागि सेयर नै धितो राखेर लिईने कर्जाको लागि मात्रै एउटा बैंकबाट ४ करोड र उद्योगबाटै १२ करोडसम्मको सिमा कायम गरिएको गभर्नर अधिकारीले स्पष्ट पारेका हुन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ुमौद्रिक नीति कार्यान्वयनः निर्देशित कर्जाको उपयोगिताु बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मार्जिन प्रकृतिको सेयरधितो कर्जामा राष्ट्र बैंकले पछिल्लो समय कायम गरेको व्यवस्थाबारे स्पष्ट पारेका हुन् ।
पछिल्लो समय सेयर बजारमा लगानी गर्नको लागि बैंकहरुमा ठुलो ऋणको माग आएको र कतिपयले ठुलो भोलुमको कर्जा दिनलाई बैंक वित्तीय सँस्थामा दबाब दिने गरेकाले यो व्यवस्थाले बैंकहरुलाई सहज बनाईदिएको उनले बताए ।
प्रतिक्रिया