प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउँदै, ८ करोड इकाई निष्कासन गर्न बोर्डमा निवेदन

५ बर्ष अगाडि

काठमाडौं - प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ । 

प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष सञ्चालनमा ल्याउनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्कासन गर्न बोर्डमा साउन २५ गते निवेदन दिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । योजनाले बोर्डबाट स्वीकृति पाएपछि उक्त इकाई निष्कासन गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया