काठमाडौं, नेपाल राष्ट्र बैंकले कृषि लगायतका उत्पादनमूलक क्षेत्रका ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्ता क्षेत्रमा प्रवाह हुने १ करोडसम्मको कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप गरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ।
अनुत्पादक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा लगानी गर्दै आएका बैंकहरुलाई कृषि तथा अन्य सीपमूलक व्यवसाय गर्नको लागि समेत सस्तो ब्याजदरमा नै कर्जा उपलब्ध गराउन केन्द्रिय बैंकले यस्तो नीति लिएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रिय बैंकले १ करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय ९आयात सम्बन्धी व्यावसाय वाहेक० सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था गरेको छ।
गत वर्ष सम्म १५ लाख रुपैयाँसम्मको कर्जामा मात्रै २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्ययवस्था थियो।
त्यसमा पनि २० लाख सम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने र प्रत्येक शाखाले यस प्रकारको कर्जा सम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ व्यवस्था गरेको छ। यसले केन्द्रिय बैंकले शहर केन्द्रित भन्दा पनि मोटर बाटो नपुगेको क्षेत्रका ग्राहकलाई समेत कर्जा उपलब्ध गराउन प्रोत्साहन गरेको छ।
केन्द्रिय बैंकले कृषि तथा उद्योगको उत्पादन बढाउन त्यस्ता क्षेत्रमा सस्तो ब्याज दरमा नै कर्जा उपलब्ध गराउन प्रयास गरेको छ। अहिले बैंकहरुले ५.४१ प्रतिशतदेखि ७।९ प्रतिशतसम्म आधार दर कायम गरेका छन्। केन्द्रिय बैंकको नीति अनुसार अधिकतम २ प्रतिशत प्रिमियम थप गर्दा पनि ग्रहकले एकल विन्दुको ब्याजदरमा नै १ करोड रुपैयाँसम्मको कर्जा पाउने छन्।
प्रतिक्रिया