काठमाडौं - कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डको साउन मसान्तसम्ममा आइपुग्दा प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ ०१ पैसा पुगेको छ । फण्डले सार्वजनिक गरेको २०७८ साल साउन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणले यस्तो देखाएको हो ।
चैत्र मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ७२ पैसा रहेको थियो । यस्तै साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ६३ करोड ४८ लाख २८ हजार रूपैयाँ पुगेको छ ।
उक्त लगानी असार मसान्तको तुलनामा ९ करोड ३३ लाख ४७ हजार रूपैयाँले धेरै हो । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५४ करोड १४ लाख ८१ हजार रूपैयाँ लगानी गरेको थियो ।
त्यस्तै, कुमारी इक्वीटी फण्डले विभिन्न प्रकारका ४० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै बैंकले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा लगानी गरेको छ ।
यस अवधिसम्म फण्डको बैंक मौज्दात २५ करोड २६ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तको तुलनामा ६ करोड ६६ लाख ७९ हजार रुपैयाँले घटेको हो ।
प्रतिक्रिया