काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले नाममा रहेको १ हजार ८ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका शेयर संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने जनाएको छ । त्यसैले संस्थापक सेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन पेश गर्न आग्रह गरिएको छ ।
निवेदन बैंकको केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँमा आइपुग्ने गरी पेश गर्नु पर्ने बताइएको छ ।
प्रतिक्रिया