एक अर्ब रुपैयाँ बराबरको मेगा म्युचुअल फण्ड १ मा हालसम्मकै उच्च आवेदन, कति ?

५ बर्ष अगाडि

काठमाडौं - मेगा क्यापिटल लिमिटेडले भदौ ४ गतेदेखि भदौ १० गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको “मेगा म्युचुअल फण्ड–१” मा हालसम्मकै उच्च आवेदन परेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेको  थियो । जसमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १ लाख ६३ हजार ६ सय ४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा २.३७ गुणा बढी आवेदन हो । यो संख्या नेपालको म्युचुअल फण्डमा हालसम्मकै उच्च हो ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

“मेगा म्युचुअल फण्ड–१” ले नयाँ कृतिमान कायम गरेकोमा कम्पनीले सम्बन्धीत सबैलाई धन्यवाद तथा आभार प्रकट गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया