५ वर्ष अघिको नगद लाभांश लिन डिप्रोक्स लघुवित्तद्धारा सेयरधनीलाई आग्रह

५ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्तले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरि लिन बोलाएको हो ।

सेयर रजिष्ट्रारको कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्प्नीले अनुरोध गरेको हो । यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ । 

नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया