एनआईसी एशियाको १ हजार ८०० कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

५ बर्ष अगाडि

एनआईसी एशिया बैंकको १ हजार ८०० कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ ।

कम्पनीले शेयरधनी उषा गोल्छाको नाममा रहेको शेयरमध्येबाट शेयर विक्रीको आव्हान गरेको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र आवश्यक कागजातसहित बैंकको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन बुझाउन कम्पनीले सूचना मार्फत आग्रह गरेको छ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिनेसमेत कम्नपीले बताएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया