काठमाडौं, मुक्तिनाथ क्यापिटल लिमिटेडले १२औं वार्षिक साधारण सभा असोज १ गते डाकेको छ ।
सभा कम्पनीले होटल क्राउन इम्पेरीयल, काठमाडौंमा अपरान्ह्र ४ बजेबाट हुने भएको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभाको प्रस्तावमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७/७८ को मुनाफाबाट शेयरधनीाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्ने रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
प्रतिक्रिया