काठमाडौं - प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ ।
क्यापिटलले प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
जसमध्ये, प्रभु बैंक लिमिटेडको मूल्य १८५ रूपैयाँ, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य ४३७ रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४५५ रूपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडको २०८ रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि भदौ २५ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया