काठमाडौं - सानिमा बैंकले शैक्षिक छात्रवृत्रि आवेदन खुला गरेको छ । बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको हो । छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइट मा उपलब्ध छ ।
यस कार्यक्रम अन्तर्गत विधार्थिहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्री र अतिरिक्त मासिक दुई हजार नगदसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिने छ ।
प्रतिक्रिया