काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा रु.२ खर्ब २४ अर्ब १ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रु.३६ अर्ब ९० करोड साँवा भुक्तानी गरेकोछ । यस अवधिमा नेपाल सरकारले रु.१ खर्ब८७ अर्ब ११ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४.४ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले रु.१२७ अर्ब १८ करोड वाह्य ऋण परिचालन गरेको छ ।
त्यस्तै, २०७८ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु.९ खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण रु.८ खर्ब ३२ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रु.१७ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३६.५ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया