साढे ९ खर्ब रेमिट्यान्स नेपाल भित्रियो,शोधनान्तर १ अर्ब बचतमा

५ बर्ष अगाडि

काठमाडौं, आर्थिक वर्ष २०७७/७८ मा मुलुकमा साढे ९ खर्ब रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कोभिड महामारीका बाबजुद पनि नेपाल भित्रिने रकम अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि भएको छ ।

गत असार मसान्तसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपियाँ रकम रेमिट्यान्सको रुपमा नेपाल भित्रिएको हो । अमेरिकी डलरमा गणना गर्दा सो रेमिट्यान्स रकम ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ दशमलब ३ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार असार मसान्तसम्म शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । यस्तै, समीक्षा अवधिमा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया