अफगानिस्तानका राष्ट्रपतिले मुलुक छाड्नु अघि बन्द भएका बैंकहरु खुल्न थाले

५ बर्ष अगाडि

काठमाडौं - एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरु खुल्न थालेका छन् । 

अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नु भन्दा केही समय अघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए । 

सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै बैंक बन्द भएका थिए भने अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेसँगै वित्तीय संस्थाहरु बन्द भएका थिए ।

अफगानिस्तानमा दैनिक कामको लागि नगद रकम आवश्यक पर्ने भएकाले मानिसहरुले आफ्नो बैंकमा रहेको पैसाले काम चलाउन पाएका छैनन् । यसअघि तालिबानले मुलुकमा कब्जा जमाएसँगै अफगानिस्तानका एटीएममा ठूलो संख्यामा मानिसको भिड लागेको थियो ।

मानिसहरु पैसा निकाल्न बैंकमा घण्टौंसम्म लाइनमा बसेका छन् । तालिबानले पनि सरकार बनाउन ढिलाइ गरिरहेको छ । गत साता तालिबानले अर्थ मन्त्रालयले सबै अफगानिस्तानका सबै कर्मचारीलाई तलब भत्ता दिने बताएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया