गोर्खाज फाइनान्सले बोलायो साधारण सभा, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने

५ बर्ष अगाडि

काठमाडौं - गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६औँ वार्षिक साधारण सभा भदौ २४ होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने भएको छ । 

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया