काठमाडौं - एक्सेल डेभलपमेण्ट बैंकको कुल ८२ हजार ५६६ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ ।
कम्पनीले अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक सदस्यहरुले मूल्य र कित्ता खुलाई कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया