एनआईबिएल समृद्धि फण्ड १ को लाभांश इकाईधनीहरुको खातामा जम्मा, कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - एनआईबिएल समृद्धि फण्ड १ ले बुधबारबाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको छ । फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने घोषणा गरेको थियो ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । 

त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया