वाणिज्य बैंकहरुको कर्जा लगानी १४ अर्ब बढ्दा ६ अर्बले घट्यो निक्षेप संकलन

५ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुको निक्षेप संकलन भदौ महिनाको पहिलो सातामा घटेको छ । तर, बैंकहरूको कर्जा लगानी भने बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।

भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो साताको तुलनामा ६ अर्बले घटेको हो । 

साउन महिनाको अन्तिम दिनसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । साथै, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ । 

 बैंकहरुको कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । साउन महिनाको अन्तिम दिनसम्म वाणिज्य बैंकहरूले ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया