बेष्ट फाईनान्सको न्यूरोड शाखा कार्यालय स्थानान्तरण

५ बर्ष अगाडि

काठमाडौं, बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाण्डौं महानगरपालिका २२ मा रहेको न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ ।

फाइनान्सले सोही वडाको न्यूरोड, पिपलवोट स्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।

नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा न्यूरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखिय उपस्थिति रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया