बैंकहरुमा निक्षेप ८४ अर्ब घट्यो, कर्जा लगानी भने साढे ३७ खर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्ष लागेदेखि वाणिज्य बैंकको निक्षेप संकलन ८४ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याँकले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन भदौ ४ गतेसम्ममा घटेर ४१ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। गत साता मात्रै बैंकहरुको निक्षेप संकलन ७ अर्बले घटेको बैंकर्स संघको तथ्याँकले देखाउछ।

निक्षेप संकलन घटेपनि कर्जा लगानी भने बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष लागेपछि बैंकहरुको कर्जा लगानी ५७ अर्ब रुपैयाँले बढेको संघले जनाएको छ।

गत वर्षको अन्त्यसम्ममा ३७ खर्ब २१ अर्ब रुपैयाँ रहेको कर्जा लगानी गत शुक्रबारसम्ममा बढेर ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको हो। गत साता मात्रै बैंकहरुको कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेको संघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया