काठमाडौं, अरुण काबेली पावरले भदौ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे देखिसुरु हुनेछ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
साभामा १७.८९ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव राखिएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, बोनस शेयर वितरणपछि कायम चुक्ताँ पुँजीबाट १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि स्वीकृत लिने प्रस्ताव सभामा लगिनेछ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न भदौ १४ गतेसम्म सेयर खरिद गर्नुपर्नेछ ।
प्रतिक्रिया