हिमाल दोलखा हाइड्रोपावर करिब २ करोड घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहदाँ अन्य अवस्था कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको  वित्तीय विवरण  सार्वजनिक गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रू. १ करोड ८८ लाखभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष सो अवधिसम्म रू. १ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी ३२.८२ प्रतिशत कम भएको छ भने आयोजना खर्च ४६ दशमलव ५९ प्रतिशत बढी भएको छ । 

अघिल्लो वर्ष विद्युत् विक्रीबाट रू. २२ करोड ८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म रू. १४ करोड ८३ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । आयोजना खर्च भने अघिल्लो वर्ष रू. २ करोड २८ लाखभन्दा बढी भएकोमा गत वर्ष रू. ३ करोड ३५ लाखभन्दा बढी भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्ष जगेडा कोष रकम रू. २५ करोड २७ लाखभन्दा बढी ऋणात्मक रहेकोमा गत वर्ष ५.४९ प्रतिशत वृद्धि भई यो ऋणात्मक रकम रू. २६ करोड ६६ लाखभन्दा बढी पुगेको छ ।  

अघिल्लो वर्षसम्म रू. १ अर्ब ६ करोडभन्दा बढी रहेको दीर्घकालिन कर्जा रकम गत वर्षसम्म रू. १ अर्ब ६ करोडभन्दा बढी कायम भएको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. १.१८ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू.८३.३३ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया