काठमाडौं - अबदेखि मोटर बाटो नपुगेको जग्गा धितोमा राखी २० लाखसम्म ऋण लिन पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २ प्रतिशत प्रिमियम तिरेर २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गासमेत धितो राख्न सक्ने व्यवस्था गरेको हो ।
त्यस्तै २० लाख रूपैयाँसम्म यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमीनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्नुपर्नेछ ।
प्रतिक्रिया