काठमाडौं - कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने जनकारी दिएको छ । त्यसैले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजपत्र संकलन गरेर बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया