काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सिसिडी रेसियो खारेज गर्दै सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई ‘कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) तोकिए भन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले क्रमिक रुपमा घटाई २०७९ असार मसान्त भित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्नेछ,’ भन्ने निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नु पर्ने सिडी रेसियो अधिकतम सीमा ९० प्रतिशत तोकिएको छ । निर्देशनमा भनिएको छ, ‘ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ । यो निर्देशन जारी हुनुपूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले २०७९ असार मसान्तसम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न सक्नेछन् ।’
प्रतिक्रिया