सिद्धार्थ इन्स्योरेन्सको नाफा ३० करोड माथि, प्रतिशेयर आम्दानी ३.०२ रुपैंया हुदाँ बिमा शुल्क कतिले बढ्यो ?

५ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ इन्स्योरेन्सले  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ०.७१ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको बिमा कोषको आकार पनि १९.५२ प्रतिशतले बढेर ९८ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ८२ करोड ७५ लाख रुपैयाँ थियो । यसको खुद बिमा शुल्क १३.९२ प्रतिशतले बढेर ९२ करोड रुपैयाँ पुगेको छ । सिद्धार्थको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०२ पैसाले घटेर २७ रुपैयाँ कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ भने २२४.४७ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोषमा ३३ करोड रुपैयाँ छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया