इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेपछि सुरु भयो एकीकृत कारोबार

५ बर्ष अगाडि

काठमाडौं, इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरे पश्चात एकीकृत कारोबार सुरु गरेको छ । आइतबारबाट दुवै लघुवित्तको एकीकृत कारोबार सुरु  भएको हो ।

इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक बलराम विष्ट र साविक नेपाल एग्रो लघुवित्तका अध्यक्ष रमेश कुमार कर्मचार्यले संयुक्त रुपमा भर्चुअल माध्यमबाट एकिकृत कारोबारको सुरुवात गरेका हुन् ।

 एकीकृत कारोबार पश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड, कर्जा रकम रु. ४ अर्व १४ करोड भन्दा बढी भएको कम्पनीले जनाएको छ। 

यी २ कम्पनीलाई नेपाल राष्ट्र बैंकले साउन १५ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिएको थियो ।   नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १ सय कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया