सहारा विकास बैेकलाई एक्वायर गर्ने प्रस्तावसहित गरिमा विकास बैंकले बोलायो विशेष साधारण सभा, कहाँ र कहिले ?

५ बर्ष अगाडि

काठमाडौं,  गरिमा विकास बैंकले भदौ १५ गते विशेष साधारण सभा बोलाएको छ । सभा गरिमाको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा सहारा विकास बैेकलाई एक्वायर गरी ‘गरिमा विकास बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पेश हुनेछ । साथै, एक्वयार गर्ने सम्बन्धमा भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । यस्तै, डीडीए रिपोर्टका आधारमा कायम भएको १ः१ शेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव छ । 
 
यसर्थ, सहाराको १ कित्ता शेयर हुनेले एक्विजिसनपछि गरिमाको १ कित्ता नै शयर पाउनेछन् । सहारालाई एक्वायर गरिसकेपछि गरिमाको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ रुपैयाँ कायम हुनेछ । 
 
सभा प्रयोजनका लागि भदौ ९ गतेदेखि बुक क्लोज हुनेछ । तसर्थ, भदौ ८ गतेसम्म कायम रहने सेयरधनी मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया