स्वस्तिक लघुवित्तको वित्तिय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

५ बर्ष अगाडि

काठमाडौं, स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको  छ । 

वित्तीय विववरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. १ करोड ९० लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३० लाख २९ हजार नोक्सानी व्यहोरेको थियो । 

गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले,सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ४८ लाख ९२ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३०५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ करोड २० लाख रहेको छ ।  जगेडाकोष भने रू. ६८ लाख ५६ हजार ऋणात्मक रहेको छ ।

त्यसैगरी कम्पनीले गत आवमा रू. ४५ करोड ९६ लाख ३९ हजार सापटि लिएर रू. १० करोड ८५ लाख ८१ हजार निक्षेप संकलन गरेर रू. ५६ करोड १७ लाख ५७ हजार कर्जा लगानी गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया